काशी पोख्रेल÷बाँके । बाँकेमा अहिले भूकम्पले पु¥याएको क्षतिको विबरण टिपाउनेहरुको भिड नै लागेको छ । सामान्य घर चर्किने बाहेक भूकम्पले जिल्लामा कुनै क्षति नगरेको बिवरण पहिले नै आए पनि क्षतिपूर्ति पाइने आशामा क्षतिको बिवरण टिपाउनेको भिड लागेको हो ।
गाउँगाउँमा रहेका इलाका प्रहरी र प्रहरी चौँकीले भूकम्प पीडितले क्षतिपुर्ति पाइन्छ भन्ने हल्ला सँगै क्षतिको विवरण टिपाउने होडबाजी नै चलेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक बसन्त कुमार पन्तले बताए ।
बाढीपीडितले जस्तै राहत पाइन्छ भनेर बिवरण टिपाएको उनीहरु स्वयम्ले बताउने गरेको छन् । अहिले प्रहरी चौँकी, इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा क्षतिको वितरणको चाङ लाग्न थालेको छ । प्रहरी प्रमुख पन्तका अनुसार २०० बढीले वितरण टिपाइसकेका छन् । अझैँ आउने क्रम जारी छ ।
उनले भने, ‘बाँकेमा क्षति बिवरण टिपाउनेको होड बाजी नै देखियो । सामान्य चर्केकादेखि पहिले नै चर्किएकाले समेत भूकम्पले चर्केको भनेर वितरण पेश गरेका छन् ।’ उपरीक्षक पन्तले जिल्लामा सामान्य घर चर्किने बाहेक कुनै असर नपरेको बताए ।
बाँकेमा भूकम्पका कारण कुनै घरमा पूर्ण क्षति नपु¥याएको बताए । बाढी पीडितहरुलाई जथाभावी राहत तथा क्षतिपूर्ति बाड्ने गरिएका कारण पनि बिवरण दिनेहरु लाम लागेको प्रहरीको भनाई छ । भवन तथा शहरी विकास डिभिजन, प्रहरी तथा रेडक्रसले स्थलगत निरीक्षण गरेर यथार्थ अवस्था जानकारी लिने प्रहरी प्रमुख पन्तले बताए ।
यसैवीच, फत्तेपुर क्षेत्रका बासिन्दाले समेत भूकम्पले घरमा क्षति पुगेको भन्दै प्रहरी चौंकीमा बिवरण लेखाइरहेका छन् । प्रहरीले स्थलगत अध्ययन नै नगरेर फोनको आधारमा बिवरण लिइरहेको स्थानीयले जानकारी दिए ।
घरमा कुनै क्षति नभएकाहरुको समेत प्रहरीले बिवरण लेख्ने गरेको नाम नबताउने सर्तमा एक स्थानीय महिलाले जानकारी दिइन् । उनले भनिन्, ‘आफू नजिकका र चिनजानेको आधारमा प्रहरीले फोनबाट नै बिवरण लेख्ने गरेका छन् ।’ घर चर्केका भन्दा नचर्केका बिवरण प्रहरीले लेख्ने गरेको बताउँदै उनले बाढी पीडितको बिवरण संकलन गरेजस्तै क्षति भएका भन्दा नभएकाको बिबरण लिइरहेको बताइन् ।
प्रतिक्रिया