भूकम्पमा ज्यान गुमाउनेको सम्झनामा अल्ट्रा धावक पण्डितले अमेरिकाको उच्च शिखर माउन्ट डेनालीको आरोहण गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ बैशाख २०७२, बुधबार ११:१४

१२ वैशाखमा गएको विनाशकारी महाभूकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा अल्ट्रा धावक तथा आरोही सञ्जय पण्डितले उत्तर अमेरिकाको उच्च शिखर माउन्ट डेनालीको आरोहण गर्ने घोषणा गरेका छन् । उनले यसअघि सगरमाथालगायत विश्वका पाँच महादेशका उच्च शिखरको सफल आरोहण गरिसकेका छन् ।

सातै महादेशका उच्च शिखर चढ्ने योजनामा रहेका सञ्जय उत्तर अमेरिकाको उच्च शिखर चढ्ने तयारीमा छन् । महाभूकम्प गएपछि तीन करोड नेपाली शोकमा डुबेको समयमा संसारलाई नेपालीलाई परेको विपत्तिमा साथको आग्रह गर्दै पण्डितले सो शिखर चढ्ने निर्णय गरेका हुन् ।

‘अमेरिकाको शिखरबाट एकपटक नेपाल विपत्तिमा परेको छ, यो आरोहणमार्फत संसारका सबै राष्ट्रलाई सहयोग गर्न आह्वान गर्नेछु,’ पण्डितले भने, ‘सगरमाथा आरोहणको सिलसिलामा महाभूकम्पमा परी ज्यान गुमाउने आरोहीहरूलाई समेत म सो आरोहण समर्पण गर्न चाहन्छु ।’

सो आरोहणबाट भूकम्पसम्बन्धी जनचेतना जगाउनसमेत सकिने उनले विश्वास लिएका छन् । उनले उत्तर अमेरिकाको सर्वाेच्च शिखरमा नेपालको विश्वसम्पदा सूचीमा रहेका पुरातात्त्विक महत्त्वका मठमन्दिरको पुनर्निर्माणमा सहयोग गर्न आग्रह गर्दै ती धरोहर अंकित तस्बिरसमेत चुचुरोमा प्रदर्शन गर्ने बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१