भूकम्पको धक्का कम हुँदै गएपछि जनजीवन सामान्य बन्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ बैशाख २०७२, बुधबार ०८:५८

काठमाडौँ, २३ वैशाख । वैशाख १२ गते गएको विनाशकारी भूकम्पको धक्का कम हुँदै गएपछि जनजीवन पनि सामान्य हुँदै गएको छ ।

मङ्गलबार चार रेक्टर स्केलभन्दा माथिका तीन भूकम्प गएको थियो भने अहिले बिहान भूकम्प नगएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत शनिबारदेखि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका १४५ वटा भूकम्पको धक्का महसुस गरिएको र क्रमशः भूकम्पको धक्का कम हुँदै गइरहेकोे केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

छ रेक्टर स्केलभन्दामुनिका भूकम्पले कुनै असर नगर्ने भएकाले ससाना धक्का आउँदा आत्तिनुपर्ने अवस्था नभएको र ठूलो रेक्टर स्केलको भूकम्प आएको हुनाले ससाना धक्का महिनाँैसम्म जान सक्ने विज्ञहरुको भनाइ छ ।

केन्द्रका प्रमुख अधिकारीले ठूलो भूकम्प गएपछि स–साना भूकम्प गइरहँदा ठूलो भूकम्प जान नपाउने हुनाले साना भूकम्प गइरहँदा राम्रो हुने र यसले कुनै असर नगर्ने बताउनुभयो ।

भूकम्पको धक्का कम हुँदै जाँदा उपत्यकाको जनजीवन पनि सामान्य बन्दै गएको छ । इन्जिनियरको सल्लाहमा बस्न मिल्ने घरमा सर्वसाधारण बस्न थालेका छन् भने बस्न नमिल्ने घरमा वैकल्पिक व्यवस्थाको खोजीमा लागेका छन् । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१