काठमाडौं, २ जेष्ठ । भारतमा प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदी दुबै स्थानबाट विजयी भएका छन् । हालै सम्पन्न लोकसभा निर्वाचनमा गुजरातको वडोदरा र उत्तरप्रदेशको बाराणसीबाट चुनाव लडेका भारतीय जनता पार्टी (भाजपा)का नेता मोदीले दुबै स्थानमा जित हासिल गरेका हुन् ।
मोदीले वडोदरामा कांगेस आइका उम्मेदवार मधुसूदन मिस्त्रीलाई भारी मत अन्तरले पराजित गरेका छन् । मोदी त्यहाँबाट करिब ४ लाख मतले लोकसभा चुनावमा विजयी भएका छन् ।
यस्तै, मोदीले बाराणसीमा कांग्रेसका अजय राय र भ्रष्टाचार विरुद्धको मुद्दा उठाएर दिल्लीबाट उदाएका आम आदमी पार्टीका अरविन्द केजरीवाललाई पराजित गरेका हुन् ।
निर्वाचनको मतपरिणाम आरहँदा मोदीले मत परिणामबाट भारतको जित भएको भन्दै ‘अब देशका लागि राम्रो दिन आउने’ प्रतिक्रिया दिएका छन् (एजेन्सी)
प्रतिक्रिया