कार्यक्षेत्रमा नभेटिएपछि जिल्ला स्वास्थ्य प्रमुखसहित नौ निलम्बित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ बैशाख २०७२, मंगलवार ०६:५९

10981681_741663592617101_3660915657241819100_nकाठमाडौ,२२ बैशाख । महाभूकम्पका बेला तोकिएको क्षेत्रमा नखटिएको भन्दै सरकारले जिल्ला जनस्वास्थ्य प्रमुखसहित नौ जना स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ ।

महाविपत्तिको समयमा जनताको सेवा गर्न सम्बन्धित कार्यक्षेत्रमा नगएको भन्दै जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख डा.अर्जुन सापकोटा निलम्बनमा परेका हुन् । महाभूकम्पमा परेकाको उद्धार कार्यस्थलमा नभेटिएको भन्दै डा. सापकोटालाई निलम्बन गरिएको स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले बताए ।

महाभूकम्पको विपत्तिबाट संकटग्रस्त जिल्लामा जिल्ला जनस्वास्थ्य प्रमुख नै अनुपस्थित हुँदा तथ्याङ्क संकलन र घाइतेको उपचारमा समस्या भएको भन्दै सापकोटालाई निलम्बन गरिएको राजधानी दैनिकमा खबर छ ।

उनको स्थानमा डा. खगेश्वर गेलाललाई खटाइएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी विपतका बेला सम्बन्धित कार्यक्षेत्रमा नखटेको भन्दै सरकारले गोरखा जिल्लाका विभिन्न स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पनि निलम्बन गरेको छ ।

निलम्बनमा पर्नेहरुमा खरीबोट उपास्वास्थ्य चौकी अहेब विजय यादव, आरुवार्बाङ उपस्वास्थ्य चौकीकी अनमी सीता तामाङ घिमिरे, पन्द्रुक उपस्वास्थ्य चौकीका सुब्बबहादुर गुरुङ, आरुआर्बाङ उपस्वास्थ्य चौकीकी अहेब मीनाकुमारी गुरुङ रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१