गीत संगीत कसलाई मन पदैन र ? गीतसंगीतले मानिसको जीवनमा मिठास भर्दछ । गीत संगतिले मानिसलाई मात्र सम्मोहित नबनाईकन पशु अनि बोटबिरुवालाई पनि मन्त्रमुग्ध बनाउने पछिल्ला अध्ययनहरुले देखाएका छन् ।झन् आजभोलि पछिल्लो पुस्ता डिजेसंगीत प्रति निकै आकर्षित देखिन्छन् । क्लब होस् या कुनै पनि प्रकारको इभेन्टमा डिजेहरु आकर्षणको केन्द« बन्छन् किनकी उनीहरुले अडीयो मिक्सिङ, फ्रेजीङ, बिट म्याचिङ, बडी ट्रिक वा निडल ड्रप विधि अपनाएर कुनैपनि गीतसंगीतमा फरकपन घोलेर वातावरणलाई उत्तेजक बनाइदिन्छन् । हामीले साधारणतया क्लब वा इभेन्टमा युवा वा वयस्क डिजे देख्छौं, तर दक्षिण अफ्रिकामा एकजना चर्चित डिजे छन् जसको उमेर मात्र २ वर्षको छ ।
हजारौंकौं प्रशंसक कमाएका यी डिजेको नामा हो ओरेटील्वे ह्लोङवाने, अर्थात डिजे एजे । दुइबर्षे फुच्चे डिजे एजे मुश्किलले केही शब्द बोल्न सक्छन् तर डिजेइङका लागि उनी यत्ति प्रतिभाशाली छन् कि उनका लागि धेरै ब्याण्डका लागि आबद्ध भैसकेका छन् भने उनको लागि स्पोन्सर गर्ने संस्थाको पनि लामै ताँती छ ।उनले हाफ्नै गृहशहर जोहान्सबर्गको एक शपिङ मलमा पछिल्लो एक प्रस्तुति दिएका थिए, उनको संगीतमा झुम्नका लागि ठूलो भीड उर्लिएको थियो । एजेकी आमा रोफोले मारुमोले उसको कला बच्चाको पिताबाट प्रभावित भएको बताएकी छिन् । एजेका पिता ग्लेन ह्लोङवानेले उनी जन्मुअगावै उनलाई एउटा आइप्याण्ड किन्ने निर्णय गरेका थिए । जिम्न्याष्टिक कोच रहेका ग्लेनले शैक्षिक एपहरु डाउनलोड गरी बच्चाको शिक्षालाई मजबुत बनाउन आइप्याड किन्ने बिचार गरेको भएपनि सोही आइप्याण्डले नै बालकलाई डिजे बनाउन प्रेरित गरेको बताए ।
१ बर्षको उमेरमा नै एजेले ट्याब्लेट प्रयोग गर्न र डिजे एप पनि आफैंले चलाउन जानेका थिए । विस्तारै उनले साउण्ड इफेक्टहरु र गीतको बीचमा बाउन्सिङ गर्न पनि सिक्न र सिकेको कुरा दोहो¥याउन थाले ।एकपटक ग्लेनले आफ्नो मिक्सरका स्थानिय कोसे कुजे गीत बजाइरहेको थिए । बजाउँदा बजाउँदै उनले मिक्सर छोडे र टेलिभिजन हेर्न थाले । पछि एजेले मिक्सरमा गएर आफैं डिजेईङ गर्न थाले । त्यो बेलामा एजेले गरेको डिजेईङ कुनै पेशेवर डिजे भन्दा कम थिएन , किनकी उनले बजाएको गीतमा भएकोे टाइमिङ र संगीतमा चाहिने फेडिङ मिलेको थियो । त्यसपछि आफ्नो छोराको कामले मन्त्रमुग्ध बनेका एजेका मातापिताले उनको कामको भिडियो खिचे र अनलाईन शेयर गरे ।
प्रतिक्रिया