पहाडमा साना शहर बनाउने सुजाताको घोषणा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ बैशाख २०७२, सोमबार १८:०८
पहाडमा साना शहर बनाउने घोषणा
बिराटनगर,२१ बैशाख  । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले भूकम्प प्रभावित ११ जिल्लाका ११ वटा गाउँमा घरहरु बनाइदिने घोषणा गरेकी छिन् ।बिराटनगरमा सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै सुजाताले भनिन्- ‘म आफनै खर्चमा भूकम्प प्रभावित क्षेत्रका ११ जिल्लाका ११ गाउँमा ‘स्माल टाउन’ निर्माण गरिदिनेछु ।’आफ्ना पिता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा रहेको जीपी कोइराला फाउण्डेसन मार्फत एघार वटा गाविसका ११ गाउँलाई सुविधा सम्पन्न रुपमा निर्माण गर्ने कोइरालाले घोषणा गरेकी हुन् । सुजाता सो संस्थाकी संयोजक समेत हुन् ।
सुजाताको जीपी फाउण्डेसनलाई चिनियाँ सरकारका तर्फबाट निकै ठूलो फण्ड आएको छ । जीपी फाउन्डेसनका साथै एमालेको मदन भण्डारी फाउन्डेसनलाई पनि चिनियाँ सहयोग आएको छ ।सुजाताले आफैं घर बनाइदिने भने पनि चीनको पैसाले भूकम्प पीडितलाई सहयोग गर्ने उनको योजना रहेको बुझिएको छ । घर निर्माणका लागि दातृ राष्ट्रहरुलाई आग्रह गरिने उनले बताएकी छन् ।प्रेस युनियन मोरङले अयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले एघार गाविसमा बाटो, पुलपुलेसा, स्वास्थ्य चौकी, विद्यालय, विद्युतदेखि अन्य भौतिक पूर्वाधारलाई समेत मध्यनजगर गर्दै घर निर्माण गरिदिने जानकारी दिइन् ।
उनले कति रकममा कतिवटा घर निर्माण गर्ने र कस्तो प्रकारका घर बनाउने भन्ने खुलाइनन् । तर, उनले भूकम्पबाट बढी प्रभावित क्षेत्रका गाविसहरु ‘स्माल टाउन’ बनाउने र पहाडी क्षेत्रमा छरिएर रहेका वस्तीलाई एकै स्थानमा एकीकृत गर्ने लक्ष्य रहेको बताइन् ।नेतृ कोइरालाले भूकम्पबाट बढी क्षति पुगेको गाविस छनोट गर्ने बताउँदै सहयोग र निर्माणमा विदेशी दाताबाट समेत सहयोग प्राप्त हुने जानकारी दिइन् ।सरकारले सकेसम्म पीडितलाई राहत दिने काम गरिहेको भन्दै कोइरालाले सरकारको बचाऊ गरिन् । उनले अहिले सरकारलाई धेरै चुनौती भएका बेला उसको विरोध गर्नुभन्दा सबैले सहयोग पुर्‍याउनुपर्नेमा जोड दिइन् ।भूकम्पमा राहत वितरण गर्नेदेखि पुनःनिर्माणको काम चलिरहँदा पनि संविधान निर्माणको गति भने रोक्न नहुने कोइरालाले बताइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१