यससँगै गत शनिबारदेखि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका १३४ वटा भूकम्पको धक्का महसुस गरिएको र तुलनात्मक रूपमा भूकम्पका धक्का क्रमशः कम हुँदै गइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार भूकम्पको धक्का तुलनात्मक रुपमा क्रमशः न्यून हुँदै गएको छ । छ रेक्टर स्केलभन्दा मुनिका भूकम्पले कुनै असर नगर्ने भएकाले ससाना धक्का आउँदा आत्तिनुपर्ने अवस्था छैन । ठूलो रेक्टर स्केलको भूकम्प आएको हुनाले ससाना धक्का महिनाँैसम्म जान सक्छ । रासस
प्रतिक्रिया