काठमाडौँ ,२१ बैशाख । भूकम्प पिडितलाई राहत बाँड्दै महजोडी महजोडील काभ्रेका भूकम्प प्रभावित क्षेत्रमा गएर राहत वितरण गरेका छन्। शनिबार उनीहरुले काभ्रेको दाप्चाका लागि चाउचाउ र चिउरा वितरण गरे। महसंचार र नेपाल उद्योग व्यवासायी परिषदले खडा गरेको नागरिक लगानी कोषले यो राहत उपलब्ध गराएको हो। खनालथोक नगरपालि
कामा पर्ने सो क्षेत्रका अधिकांश घरहरु भत्किएका छन्।
नगरपालिकाले दुई दिन अघि यहाँ पाल वितरण गरेको थियो त्यसबाहेक मह जोडिले लिएर गएको राहत मात्रै त्यहाँ पुगेको छ। मह जोडिले उक्त राहत स्थानीय दलका नेता र सर्वसाधारणको उपस्थितिमा नगरप्रमुखलाई हस्तान्तरण गरेका थिए। त्यस्तै महजोडीकै समन्वयमा रोयल नेपाल ट्राभल एण्ड टुर्सले काभ्रे कै शंखु गाविसमा एक सय पोका राहत सामाग्री वितरण गरेको छ।
भूकम्पबाट गाँसबास गुमाएकालाई प्राथमिकता दिएर उनीहरुले राहत वितरण गरेका थिए। सो क्षेत्रका भूकम्प पिडीतलाई गाविसले साडे चार लाख छुट्याएको छ। त्यसबाहेक महजोडिले लिएर गएको राहत मात्रै सो क्षेत्रमा पुगेको हो।
स्थानीयहरुले आफूहरुलाई ओतलाग्ने त्रिपाल चाहिएको बताएका छन्। महजोडीले यसअघि सिन्धुपाल्चोकको चौतारा,काठमाडौँको सुन्दरीजलक्षेत्र, नयाँ पाटी लगायतका भूकम्प प्रभावित क्षेत्रमा राहत बाँडेका थिए।
प्रतिक्रिया