भूकम्प पीडितलाई के चाहिएको छ ? के दिनुहुन्छ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० बैशाख २०७२, आईतवार १४:००
    • वेवसाइटबाट लिनुहाेस जानकारी

      शनिबार गएको महाभूकम्पले ७ हजार बढीको ज्यान गइसकेको छ । घर भत्किएका, आफन्त गुमाएका र घाइते भएका पीडितहरु शोकमा छन् । देश विदेशबाट सहयोग गर्नेको ताँती लागेको छ तर कहाँ गर्ने ? कसलाई सहयोग गर्ने ? कसलाई के आवश्यक छ भन्ने जानकारी पाउन त्यत्तिकै गाह्रो छ । जसका कारण पीडितलाई खाँचो परेको र चाहिएको राहत सामग्री पुर्‍याउन कठिन भइरहेको छ ।

      कान्तिपुर मिडिया ग्रुपले भूकम्प पीडितलाई राहत सामग्री जुटाउन ‘हामी’नामक प्लेटफर्म सुरु गरेको छ । हामी डट ईकान्तिपुर डट कममा गएर आवश्यकता हुनेले आफूलाई आवश्यक भएको सामग्री र राहत वितवरण गर्नेले आफूसँग भएको राहत सामग्रीको जानकारी हाल्न सक्नेछन् । कुनै पीडितलाई कुनै राहत सामग्री आवश्यक भएको थाहा हुनेले पनि पीडितको सम्पर्कसहित जानकारी राखिदिन सक्छ ।

      आफूसँग भएको राहत सामग्री र आवश्यक परेको राहत सामग्रीबारे दुई सय बढीले जानकारी अपलोड गरिसकेका छन् ।

      त्यस्तै, भूकम्पको प्रभावबारे एकीकृत जानकारी दिने उद्देश्यले जानकी टेक्नोलोजीले सुरु गरेको प्लेटफर्म हेल्प डट स्प्यारो एसएमएस डट कमबाट पनि प्रभावित क्षेत्र, पीडितलाई आवश्यक राहत र उनीहरुलाई दिइएको राहतबारे जानकारी लिन सकिन्छ ।

      एक सय बढीले एसएमएस गरेर आफ्नो अवस्था, चाहिएको राहत र दिन चाहेको राहतबारे जानकारी उपलब्ध गराएको जानकी टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवालले बताए ।

      प्लेटफर्ममा गुगल पर्सन फाइन्डरको एसएमएस समेत समावेश छ । यसमा सञ्चारमाध्यममा प्रकाशित भूकम्प, राहतसम्बन्धी समाचारसमेत समावेश गरिएको अग्रवालले जानकारी दिए ।

      कान्तिपुर बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१