अमेरिकी विदेशमन्त्री केरीद्वारा मेलमिलापमा जोड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० बैशाख २०७२, आईतवार १३:५६

कोलोम्बो,  अमेरिकी विदेशमन्त्री जोन केरीले हाल श्रीलङ्कामा तामिल टाइगर्ससँगको मेलमिलापका लागि गरिएका अपिलहरुका विषयमा धारणा राख्दै यसका लागि समय लाग्ने बताउनुभएको छ ।
शानिबार श्रीलङ्ककाको भ्रमणमा पुग्नु भएका केरीले विगतमा दशकौँदेखि जारी रहेको यस्तो हिंसाको व्यवस्थापनका लागि समय लाग्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो– यस्तो कामका लागि समय लाग्छ किनभने वास्तविक मेलमिलाप सजिलै र एकै पटक हुने प्रक्रिया होइन ।
उहाँले श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको सरकारलाई अल्पसङ्ख्यक तामिलहरुसम्म पुग्नका लागि आग्रह पनि गर्नुभयो ।
तामिल टाइगर्सको जातीय आन्दोलनका कारण श्रीलङ्कामा करिब तीन दशक लामो सशस्त्र विद्रोह भएको र त्यसमा परी करिब एक लाख नागरिकले ज्यान पनि गुमाएका थिए ।
हाल श्रीलङ्काको भ्रमणमा रहनुभएका अमेरिकी विदेशमन्त्री केरीले भन्नुभयो– पक्का पनि श्रीलङ्कामा शान्ति आएको छ तर पनि वास्तविक रुपमा मेलमिलाप नै आउनका लागि भने समय लाग्ने छ ।
उहाँले श्रीलङ्कामा न्याय, उत्तरदायित्व र मानवअधिकारका लागि गम्भीर बन्न वर्तमान सरकारलाई आग्रह पनि गर्नुभयो ।
साथै हाल पनि श्रीलङ्कामा राजनीतिक बन्दीका रुपमा कयौँ व्यक्ति थुनामा रहेकोले उनीहरुको रिहाइका लागि पनि सरकारसँग उहाँले आग्रह गर्नुभयो ।
श्रीलङ्कामा सन् २००९ मा भएको कारबाहीमा तामिल टाइगर्सको विद्रोहको अन्त्य भएको थियो । सो अन्त्यसँगै त्यहाँ महिन्दा राजापाक्छेको सरकार सुरु भएको थियो ।
सो सरकारले पनि त्यहाँ गर्ने भनेको तामिल टाइगर्ससँगको मेलमिलापको काम गर्न सकेको छैन । उक्त अल्पसङ्ख्यक जातीले अहिले पनि आफ्नो अधिकारको माग गरिरहेको छ । रासस÷एएफपी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१