भूकम्पबाट क्षति भएको खोकना गाउँमा रेखा थापा (फोटो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० बैशाख २०७२, आईतवार ०६:४७

काठमाडौँ ,२० बैशाख ।  शनिबार गएको शक्तिशाली भूकम्पबाट प्रभावित हुनेहरुको उद्धारमा नेपाली फिल्म क्षेत्रका केही व्यक्तिहरुले समेत साथ एवं सहयोग गर्दै आइरहेका छन् । यसमा नायिका रेखा थापा र निर्देशक हिमग्याप लामाको सक्रियाता बढी देखिएको छ । भूकम्प गएको दिन शनिबार मध्यान्ह् देखि नै प्रभावित समक्ष पुगी नैतिक, भावनात्मक एवं आर्थिक सहगयोग गर्दै आइरहेका नायिका थापा र निर्देशक लामा बिहिबार भने काठमाण्डू नजिकैको खोकना गा.वि.स.मा पुगे । सरकारी राहत र सञ्चारकर्मी समेत कम पुगिरहेको उक्त प्रभावित गाउँमा नेपालकी चर्चित नायिका पुग्दा गाउँलेहरुले न्यानो महसुश गरे ।
रेखा र हिमग्यापले भूकम्पबाट भत्किएका घरले थिचिएको समाना निकाल्न मद्धत गरेका थिए । सामूहिक बसाईं र अस्वस्थकर खानपिनले संक्रमण फैलने आशंका भैरहंदा खोकना बस्तीमा नायिका र निर्देशकले हरेकलाई माक्स वितरण गरे । उनीहरुले गाउँलेलाई विपत्मा सम्हालिएर बस्न सुझाए । करिब पचास प्रतिशत घरहरु भत्किइएको उक्त गाउँमा भूकम्पबाट ९ जनाले ज्यान गुमाएका छन् भने सयौं गाउँलेहरु त्रिपाल मुनि बस्न बाध्य भएका छन् ।
नायिका थापा र निर्देशक लामा मिलेर भूकम्प गएको दिन शनिबार देखि नै राजधानीका भूकम्प प्रभावित क्षेत्रमा प्रत्यक्ष रुपमा पुगी प्रभावितलाई नैतिक, भावनात्मक एवं आर्थिक रुपमा सहयोग गर्दै आइरहेका छन् । बिहिबार मात्रै रेखा र हिमग्याप विर अस्पताल पुगेर भूकम्पबाट घाईते भएकाहरुको अवस्थालाई नियाल्दै उनीहरुलाई सान्त्वना दिएका थिए ।
शत्तिशाली भूकम्पबाट निधन भएका र आर्थिक अभावमा दाहसंस्कार गर्न नसकेका शवको दाहसंस्कार गर्न समेत रेखा र लामाले आर्थिक सहयोग गर्दै आइरहेका छन् । यी दुईको सहयोगमा एक दर्जन बढी शवलाई पशुपति आर्याघाटमा दाहसंस्कार गरिएको छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१