काठमाडौ, १९ बैशाख । नेपालका भुकम्प पीडितलाई सहयोग गर्ने अभियान चलाएको सामाजिक सञ्जाल फेसबुकले दुई दिनमै एक अर्ब रुपैयाँ संकलन गरेको छ ।
‘नेपाल अर्थक्वेक सर्पोट’ नामक पेज बनाएर सुरु गरेको अभियानमा फेसबुक आफैले पनि नेपालका भूकम्प पीडितहरुका लाग २० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो आह्वानपछि दुई दिन भित्रै पाँच लाखभन्दा धेरैले एक करोड डलर सहयोग प्रदान गरेको उल्लेख गरेका छन् ।
संकलित रकम इन्टरनेसनल मेडिकल कर्पमार्फत गैरनाफामुलक संस्थालाई उपलब्ध गराउने जुकरबर्गले उल्लेख गरेका छन् । उनले सहयोगकर्ता सबैलाई धन्यवाद दिँदै सहयोग जारी राख्न आग्रह गरेका छन् ।
नेपालका भूकम्पपिडीतका लागि फेसबुकले सञ्चालन गरेको ‘सेफ्टी चेक’ बाट ७० लाख भन्दा बढी व्यक्ति सुरक्षित रहेको देखिएको थियो ।
प्रतिक्रिया