भूकम्पको धक्का महसुस भए पनि असर न्युन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ बैशाख २०७२, शनिबार ०९:५४
काठमाडौँ, १९ वैशाख । आज बिहान ३ बजेर ५५ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४.२ रेक्टर स्केल र ५ बजेर ५५ मिनेट जाँदा दोलखा केन्द्र भएर ४.३ रेक्टर स्कल भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

योसँगै गत शनिबारदेखि हालसम्म चार रेक्टरभन्दा माथिको १२१ वटा भूकम्पको धक्का महसुस गरिएको र तुलनात्मकरुपमा भूकम्पका धक्का क्रमशः कम हुँदै गइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भूकम्पको धक्का क्रमशः न्युन हुँदै गएको र छ रेक्टरभन्दामुनिका भूकम्पले कुनै असर नगर्ने भएकाले स–साना धक्का आउँदा आत्तिनुपर्ने अवस्था छैन ।

ठूलो भूकम्प गएका कारण चार रेक्टर स्केलभन्दामुनिका स–साना भूकम्पको धक्का आइरहने भए पनि यसले कुनै क्षति नपुग्ने केन्द्रका प्रमुख अधिकारीको भनाइ छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१