टेलिकमको सुविधा निःशूल्क होइन : वैद्य

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ बैशाख २०७२, शुक्रबार ०८:०८

images (1)काठमाण्डौ १८  बैशाख । नेपाल टेलिकमले भूकम्पका बेला शून्य मौज्दात रकममा पनि कुराकानी गर्न दिएको सुविधा निःशूल्क नभएको स्पष्ट पारेको छ।आपत्‌कालीन अवस्थामा बजार पसलहरू बन्द हुने हुँदा रिचार्ज कार्ड नपाइने समस्यालाई मध्यनजर गर्दै यो सुविधा दिइएको टेलिकमले जनाएको छ।यो सुविधाको दुरूपयोग पनि गरिएको भन्दै उसले आफ्ना सम्पूर्ण ग्राहकहरुलाई ‘क्रेडिट सुविधा’ भनेर बुझ्न आग्रह गरेको छ।नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले  भनिन्,‘भूकम्पका बेला सूचनाको समस्याले थप विपत्ति सिर्जना नहोस् भन्नका लागि यो सुविधा दिइएको हो।

कतिपय ग्राहकले निःशूल्क कुराकानी गर्न पाइएको भन्दै यसको दुरूपयोग गरेको पाइएको भन्दै वैद्यले सूचनाको सही सदूपयोग गर्नका लागि आफूहरुको सुविधा महत्वपूर्ण रहेको उल्लेख गरिन्।पसलहरु पूर्ण रुपमा सञ्चालनमा नआउञ्जेलसम्म शून्य मौज्दात हुँदा पनि कुराकानी गर्न सकिने तर पछि सिममा व्यालेन्स जम्मा भएपछि रकम काटिने वैद्यले जानकारी दिइन्।अहिले उपभोक्ताले निःशूल्क भन्दै शून्य ब्यालेन्स हुँदा अनावश्यक कुराकानी गरेकोमा आपत्ति पनि जनाइन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१