निर्माणमा जुट्यो चीन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ बैशाख २०७२, बिहीबार ०६:५६

  • दबाबपछि बल्ल अनुमति
चीनले साना हेलिकोप्टरमार्फत बिरामीको उद्धार गर्ने र उसका सीमावर्ती क्षेत्रसँग जोडिने राजमार्ग तत्काल मर्मत गर्न राखेको प्रस्तावलाई नेपाल सरकारले बेवास्ता गरेपछि एमालेभित्र राजनीतिक भुइँचालो गएको छ।
भूकम्पको भोलिपल्ट चीनले राखेको प्रस्तावप्रति त्यसबेलाका कार्यवाहक प्रधानमन्त्री तथा एमाले नेता वामदेव गौतमले उदासीनता देखाएपछि उनकै पार्टीका वरिष्ठ नेता अमृत बोहोरालगायतले त्यसलाई तत्काल कार्यान्वयन गर्न दबाब दिएका छन्।
उक्त दबाबपछि चीनको प्रस्तावअनुसार अनुमति दिइएको गृहसचिव सूर्य सिलवालले बताए । उनले बुधबार साँझ अन्नपूर्णसँग भने, ‘भर्खर निर्णय गरियो, चीनलाई अनुमति दिइएको छ।’
चीनले भूकम्पबाट अति प्रभावित चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकका पीडित र घाइतेलाई आफूसँग भएका सानासाना हेलिकोप्टरमार्फत उद्धार गरी उपचारस्थलसम्म पुर्‍याइदिने प्रस्ताव गरेको थियो।
हाल नेपाली सेनासँग भएका र भारतीय सेनाबाट आएका ठूला हेलिकोप्टरहरू पुग्न नसक्ने स्थानमा साना हेलिकोप्टरमार्फत उद्धार कार्य गर्ने प्रस्तावलाई सरकारले अत्यावश्यक परेका तीन दिनसम्म किन अनुमति नदिएको हो भन्ने खुल्न सकेको छैन। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१