भूकम्पबाट मृत्यु हुनेको संख्या ४ हजार ३ सय नाघ्यो,मर्नेको संख्या १० हजार पुग्ने अनुमान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ बैशाख २०७२, मंगलवार १४:०८

काठमाडौं, १५ वैशाख । गत शनिबार गएको महाभूकम्पबाट मृत्यु हुनेको संख्या ४ हजार ३ सय नाघेको छ । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार मंगलबार दिउँसोसम्म ४ हजार ३ सय ४७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने कयौं व्यक्ति अझै बेपत्ता छन् । मृतक र घाइतेको संख्या बढ्नेक्रम जारी छ । भूकम्पबाट नेपाल, भारत र तिब्बतमा गरी ८० लाख मानिस प्रभावित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघले १४ लाख मानिसलाई तत्काल खाद्यान्न सहयोग आवश्यक रहेको जनाएको छ ।

mmmmmmmmaajjajajभूकम्पबाट सबैभन्दा बढी असर परेको राजधानीका तीन जिल्ला र बाग्मती अञ्चलका अरु जिल्लामा उद्धार र राहतको काम भइरहेको छ । धनजनको ठूलो क्षति व्यहोरेका जिल्लामा भूकम्पको मूख्य केन्द्र रहेको गोर्खा, काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, घादिङ, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लमजुङ, चितवन रहेका छन् । घाइतेहरुको काठमाडौ र प्रभावित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ । भूकम्पका कारण हजारौं घर पूर्णरुपमा ध्वस्त भएका छन् । शनिबारदेखि मंगलबार बिहान ५ बजेर ५ मिनेट जाँदासम्म चार रेक्टर स्केलमाथिका भूकम्पका ९८ ओटा धक्का महशसु गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । स्रोतले बताए अनुसार मर्नेको संख्या १० हजार भन्दा बढि पुग्ने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१