महाभुकम्प विशेष : विदेशी संचारमाध्यममा नेपालको महाभुकम्पको घटना मुख्य प्राथमिकतामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ बैशाख २०७२, मंगलवार १३:१०

काठमाडौं, १५ बैशाख । नेपालमा शनिवार गएको महाभूकम्पको अधिकांश विदेशी सञ्चारमाध्यमहरुले प्रमुखकताका साथ समाचार सम्प्रेषण गरेका छन् । बीबीसी, सीएनएन, अलजजिराले जस्ता प्रतिष्ठित र तुलनात्मक रुपमा विश्वासिला सञ्चारमाध्यमले आफ्ना संवाददाताहरुलाई नेपालमै उतारेर लगातार समाचार प्रसारण गरिरहेका छन् । यस्तै भारत, चीन लगायत दक्षिण एसियाली मुलुकका सञ्चार माध्यमहरुले भूकम्प गएको तेस्रो दिनसम्म आइपुग्दा पनि आफ्नो सञ्चारमाध्यमको मुख्य विषय नै नेपालमा गएको भूकम्प बनाएका छन् । स्टुडियोबाट गरिएका कुराकानीमा पनि नेपालमा १९९० साल पछिकै शक्तिशाली भूकम्पको असर, यसले पारेको प्रभाव, त्रसित सर्वसाधरणको दैनिकी जस्ता विषयहरु नै उनीहरुको प्राथमिकतामा परिरहेका छन् ।

mmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmभूकम्पबाट अत्याधिक प्रभावित राजधानीबाट समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमहरुले आफ्ना नियमित समाचार प्रसारण गर्न कठिनाई सामना गरिरहेका बेला स्वदेशी र विदेशी दर्शकहरुले यी सञ्चारमाध्यमलाई समाचारको स्रोत बनाएको स्थिति बन्यो ।
तर कुनै समयमा यी सञ्चारमाध्यमले अझै शक्तिशाली भूकम्प आउन सक्ने समाचार सम्प्रेषण गर्दा भने मानिसमा त्रास छाएको थियो ।
यता, नेपालमा परेको विपत्तीमा सघाउन विश्व समुदायहरुले सहयोगको हात बढाइरहेको अन्तर्राष्ट्रिय सञ्चारसंस्थाहरुले जनाएका छन् । सहायता एजेन्सीका अधिकारीहरुले नेपालमा गएको भूकम्प र त्यसबाट प्रभावितहरुलाई यथासक्य सहयोग जुटाइने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१