पत्रकारिता विद्यार्थी समाज गठन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ जेष्ठ २०७१, शुक्रबार १२:०८
काठमाडौँ,जेठ २ गते । त्रिभुवन विश्वविद्यालयअन्तर्गत पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको स्नाकोत्तरमा अध्ययनरत विद्यार्थीले केन्द्रीय पत्रकारिता विद्यार्थी समाज गठन गरेका छन् । त्रिविले पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर अध्ययन सुरु गरेको तेह्र वर्षपछि पहिलोपटक वैधानिक रुपमा विद्यार्थी समाज स्थापना गरिएको हो ।
पत्रकारिता क्षेत्रसँग सम्बन्धित विविध क्रियाकलाप, कार्यक्रम, अनुसन्धान, सचेतना, शिक्षा लगायतमा सक्रिय हुन र सहकार्य गर्नका लागि एक स्वतन्त्र र साझा संस्थाको रुपमा गठन भएको समाजलाई बिहीबार मात्र पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग आरआर क्याम्पसले स्वीकृतिसमेत दिएको छ । विभाग प्रमुख पी. खरेलले पत्रकारितालाई मर्यादित र व्यवस्थित गराउन शैक्षिक बहस जरुरी रहेको बताउनुभयो । भीम गौतम अध्यक्ष रहेको २५ सदस्यीय समाजको उपाध्यक्षद्वयमा सुवास कार्की र तृष्णा आचार्य, महासचिवमा लोकेन्द्रबहादुर ओली, सचिवमा सुष्मा अर्याल र कोषाध्यक्ष मदन राई रहनुभएका छन् । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१