काठमाडौं, १५ वैशाख । माइती नेपालले भूकम्पबाट आमाबाबु गुमाएका १६ वर्ष भन्दा मुनिका बालबालिकालाई आश्रय दिने भएको छ । भूकम्पले गर्दा आमाबाबु गुमाएर बेसाहारा बनेका बालकालिकालाई आफ्नो संरक्षणमा लिने निर्णय गरेको माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले जनाकारी दिनुभयो ।
यस्ता बालबालिका अलपत्र नपरुन् तथा उनीहरुमाथि यौनजन्य हिंसा नहोस् भन्ने हेतुले माइती नेपालको संरणमा लिन लागिएको अध्यक्ष कोइरालाले बताउनुभयो । आश्रयमा लिएका बालबालिकालाई सबै आधारभूत सेवा प्रदान गर्ने माइती नेपालले जनाएको छ ।
प्रतिक्रिया