अमेरिकामा नेपालका भुकम्प पिडीतका लागि राहत संकलन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ बैशाख २०७२, मंगलवार ११:३५

अमेरिका,१५ बैशाख । शनिवार मध्यान्ह काठमाडौँ सहित थुप्रै स्थानमा आएको ७.८ रेक्टर स्केल‍को शक्तिशाली भुकम्पले ठूलो क्षति भएको छ। लमजुङ केन्द्रबिन्दु बनाएको भुकम्पले भौतिक र मानविय क्षती भएको छ । यो समाचार तयार पारूञ्जेलसम्म देशभर झन्डै एक सयको हाराहारीमा भुकम्पको झट्का महशुष गरिएको छ भने मर्नेको संख्या ३ हजारको सेरोफेरोमा छ। घाईते हुनेको संख्या ४७ सय भन्दा बढी रहेको बताइएको छ। दुर्गमवाट भने यकिन तथ्याकं आइपुगेको छैन । भुकम्पको माहामारीले देशको जनजीवन अस्तव्यस्त बनेको छ । नेपालमा भुकम्पले निम्त्याएको महाविपत्तीप्रति देशबिदेशमा रहेका नेपाली मात्र हैन बिदेशीहरूले पनि दुस्ख व्यक्त गरेका छन् । भुकम्पबाट उद्धार गर्न विभिन्न मुलुकहरुले आफ्नो सहयोग तथा सहायता नेपाल पठाउन थालेका छन्।

15042801unnamedविनाशकारी भुकम्पले देशले भोग्नु परेको पिडाप्रति दुःख ब्यक्त गर्दै आपतकालीन सहयोग स्वरूप अमेरिकाको क्यालिफोर्निया स्टेटमा रहेको अल्बानी शहरमा रहेको अल्बानी हाई स्कुलमा पढ्ने नेपाली छात्र छात्राहरू पनि सहयोगी बनेका छन् । १६र१७ बर्ष उमेरका एघार कक्षामा पढ्दै गरेका बिधार्थीहरूले तीन महिना अगाडी मात्रै खोलेको नेप्लिज स्टुडेन्ट एसोसियसनुले डोनेसन उठाएको छ । बिदाको दिन पारेर हरेक आईतवार आँफैले बनाएको नेपाली खानेकुरा बिक्री गर्दै फण्ड कलेक्सन गरिरहेका छन् । सन पावलो रोडमा प्रे फर नेपाल लेखेको पम्पलेट देखाउँदै उनीहरूले सहयोग मागिरहेका थिए ।

आफूहरूले जम्मा गरेको फण्ड केही दिनमा नै युनेस्को अथवा रेडक्रसको माध्यमबाट नेपाल पठाउने संस्थाका सचिव अविरल दाहालले जानकारी दिए । सडकमा बसेर भुकम्प पीडितका लागि सहयोगको अपिल गरिरहेको यस संस्थाले अहिलेसम्म झन्डै ५०० अमेरिकी डलर जम्मा गरेको छ । हाम्रो सानो सहयोगले पनि ठुलो राहत हुनसक्छ । त्यसैले हामी नेपाली र केही बिदेशी साथीहरू मिलेर फण्ड जम्मा गर्दैछौ संस्थाकी अध्यक्ष एमिता अमात्यले बताईन् । उनले आगामी दिनमा चेलीबेटी बेचबिखनमा परेका महिलाहरू र बलत्कारको शिकारबाट पीडित महिलाहरूको सहयोगका निम्ती फण्ड जम्मा गर्ने बताईन् । नेप्लिज स्टुडेन्ट एसोसियसनुमा २० नेपाली र अन्य मुलुकका १० नागरिकहरू छन् । उनीहरूले ग्र्याजुएशन नसकुञ्जेल यो अभियानमा लाग्ने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१