काठमाडौं,१५ बैशाख । नेपालमा शनिवार आएको ७ दशमलब ६ रेक्टर स्केलको भूकम्प वि.स.१९९० साल पछिको सबैभन्दा ठूलो हो । ९० सालमा आएको भूकम्प ८ दशमलब ४ दशमलब रेक्टर स्केल मापन गरिएको थियो । नेपाल विश्वमा सबैभन्दा बढी भूकम्प आउने सम्भावना रहेको क्षेत्र मध्ये एक मानिन्छ । आखिर नेपाल किन भूकम्पबाट यसरी प्रभावित भैरहेको छ त रु पृथ्वीको भारतीय प्लेट यूरेशियन प्लेटबाट तल दब्दै गइरहेको छ भने यसबाट हिमाल भने माथि उठिरहेको मानिन्छ ।
यो वर्ष करिब पाँच सेन्टिमिटर यो प्लेट यूरेशियन प्लेटबाट तल गइरहेको छ र यसबाट प्रत्येक वर्ष हिमाल पाँच सेन्टिमिटरमाथि उठिरहेको छ । यसका कारण त्यहाँको चट्टानको संरचनामा एक किसिमको तनाव पैदा हुन जान्छ । जब यो तनाब चट्टानबाट अलग हुन खोज्छ तब भूकम्प आउछ । तर संसारमा अहिलेसम्म कुनै पनि वैज्ञानिकले यो अनुमान लगाउन सकिरहेका छैनन् कि संसारमा अब कहाँ र कत्रो तिब्रताको भूकम्प आउनसक्छ ।
तर वैज्ञानिकहरुले हिमाली क्षेत्रमा ठूलो भूकम्प आउने आशंका भने गरिरहेका छन् । वैज्ञानिकहरुले भूकम्प आउने सम्भावना थाहा पाउने तरिकाको खोजी पनि जारी राखेका छन् । यद्यपि, अहिलेसम्म यो प्रयास सम्भव हुन सकेको छैन ।
प्रतिक्रिया