दुईजना अष्ट्रेलियन नागरिकलाई मृत्युदन्ड दिने तयारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ बैशाख २०७२, शुक्रबार १४:४०

mirtu_final_finalएजेन्सी । लागूऔषध ओसार–पसारको अपराधमा सजाय काटिरहेका दुईजना अष्ट्रेलियन नागरिकलाई मृत्युदन्ड दिने तयारी इन्डोनेसिया सरकारले गरेको छ ।  ९ वर्षदेखि इन्डोनेसियाको कारागारमा बन्दी जीवन बिताइरहेका एन्ड्रयु चान र म्युरान सेकुमरनलाई मृत्युदन्ड दिने तयारी थालिएको हो । आरोपितलाई आममाफी दिएर अष्ट्रेलियामा बुझाउन अष्ट्रेलिया सरकारले गरेको आग्रह अस्वीकार गर्दै इन्डोनेसियाका महान्यायाधीवक्ताको कार्यालयले मृत्युदन्डको तयारी गर्न निर्देशन दिएको हो । इन्डोनेसियाबाट अष्ट्रेलियातर्फ हिरोइन लैजाँदै गरेको अवस्थामा सन् २००५ मा उनीहरु पक्राउ परेका थिए । ‘बाली नाइन’ नाम गरेको समूहका नाइके मानिने यी दुईजनासँगै इन्डोनेसियाकै अन्य सातजना पनि यो प्रकरणमा दोषी पाइएका थिए । ती सातजना पनि इन्डोनेसियाका विभिन्न जेलमा मृत्युदन्डको सजाय कुरिरहेका छन् । मृत्युदन्ड पाउने व्यक्तिलाई कम्तीमा ७२ घन्टाअघि जानकारी दिनुपर्ने त्यहाँको कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१