दिल्ली डेयरडेभिल्सले हरायो मुम्बई इन्डियन्सलाई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ बैशाख २०७२, शुक्रबार १४:३८

gameइन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत् विहीबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्सले मुम्बई इन्डियन्सलाई ३७ रनले हराएको छ । आफ्नै मैदान फिरोज शाह कोट्ला रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेटको क्षतिमा १ सय ९० रन बनायो । दिल्लीका लागि श्रेयस आयरले ८३ रन तथा जेपी डुमिनीले अविजित ७८ रनको योगदान दिए । जवाफमा १ सय ९१ रनको लक्ष्य पछ्याएको मुम्बईले ९ विकेट गुमाएर १ सय ५३ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि रोहत शर्मा र अम्बाटी रायुडुले ३०–३० रन जोडेबाहेक अन्य कुनैपनि ब्याट्सम्यान क्रिजमा जम्न सकेनन् । मुम्बईलाई सस्तैमा समेट्न दिल्लीका इम्रान ताहिरले तीन विकेट लिए । यो जितसँगै दिल्लीले ६ खेलबाट ६ अंक जोडेको छ । समान ६ खेल खेलेको मुम्बईले भने अहिलेसम्म एउटामात्र खेल जितेको छ । आइपीएलमा शुक्रबार राति राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच खेल हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१