तीन बालिकाको आत्महत्याको कारण खुलेन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ बैशाख २०७२, शुक्रबार १४:२८

सम्राट सिंह
refबझाङ,११ बैशाख । एक साता बितिसक्दा पनि झुण्डिएको अवस्थामा फेला परेकी सुर्मा गाविस ठकुन्नाडाकी तिन बालिकाले आत्महत्या गर्नुको कारण पत्ता लागेको छैन । माटो खन्न गएकी सुर्मा गाविसको बाघमारे भन्ने जंगलमा सुर्मा गाविस ५ थकुन्नाडा बस्ने बर्ष १४ की जुनतारा पुजारा, बर्ष १४ की रेखा पुजारा र बर्ष १५ की कविता बोहराको शव शनिबार रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । आईतवार मृतकको लाष जिल्ला अस्पतालमा ल्याएर पोष्टमार्टम गरि दाहसंस्कार गरेपनि उनिहरुले किन मृत्यु रोजेकी रहेछन् भन्ने खुलासा हुन नसके पछि यो घटना खुलदुलीको  विषय बनेको छ  । हाईस्कुल पढ्ने यि किशोरीहरुको घरमा पनि राम्रै व्यवस्था भएको र बुबाआमा वाट पनि माया ममता राम्रै भएकाले किन मर्नु परेको रहेछ भनेर आफन्तहरु पनि अन्योलमा परेका छन् ।
शुक्रवार भएको घटना शनिवार थाहा पाएर प्रहरीले घटनाको  मुचुल्का गरि आत्महत्याको कारण पत्ता लगाउन मृतकका घरपरिवार र गाँउका अन्य मानिसहरु संग सोधपुछ गर्दा कारण अझै पत्ता नलागेको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्र्मुख कमल विष्टले जानकारी दिए । उनले भने हामीहरुले पनि मृत्युको कारण पत्ता लगाउन धेरै प्रयास ग¥यौ तर सवैको मुखवाट उनिहरु ख्याल ख्यालमै मरेको कुरा आउन्छन् खास कारण अझै पत्ता लागेको छैन ।
विवाहीत मृतक जुनतारा बोहराले  फागुनको महिनामा लभ म्यारीज गरेकी थिईन । विवाहीत छोरीले चैत्रको महिना माईतमा बस्नु पर्ने यहाँको प्रचलन भएकाले उनि माईतमा बस्दै आएकी थिईन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१