खोटाङ, ११ वैशाख । एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रो संविधानसभालाई संविधान नबनाइ खेर जान नदिने बताएका छन् । खोटाङ सदरमुकाम दिक्तेलमा एमालेको छैटौं अधिवेशनलाई सम्बोधन गर्दै ओलीले मुलुकमा व्याप्त अराजकता र हिंसा समाप्त गर्दै देशलाई नयाँ संविधान दिन ढिलाइ गर्न नहुने बताए । पहिलो संविधानसभामा एमालेको कमजोर उपस्थितिका कारण संविधानसभा असफल भएको भन्दै उनले दोस्रो संविधानसभालाई असफल हुन नदिने जिकिर गरे । ओलीले सहमतिमा संविधान बनाउन प्रयास गरिने र नभए संवैधानिक प्रक्रियाबाट भएपनि संविधान जारी हुने बताए ।
प्रतिक्रिया