मजदुर दिबसको अवसरमा साँस्कृतिक धमाका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० बैशाख २०७२, बिहीबार १६:३६

प्रदिप राई्
क्वालालाम्पुर मलेसिया । मलेसियाको केलाङ स्थित प्रवासी नेपाली कलाकार संघ मलेसियाले मजदुर दिबसको अवसर बनाई ख्याति प्राप्त मलेसियामा रहेका कलाकारहरुको बेजोड प्रस्तुतिका साथ साँस्कृतिक धमका कार्यक्रम गर्ने भएको छन। मलेसियामा रहदै आएका नेपालि कलाकारहरुको विभिन्न कलाहरु प्रस्तुति हुने आयोजजक कलाकार संघ मलेसियाको अध्यक्ष नारायण पौडेल ले जानकारी दिनु भयो। यही आउने मे २ तारिक शनिबार साझ नयाँ बर्षको उपलक्ष सहित केलाङको गोर्खा प्यालेस रेस्टुरेन्टमा हुने कार्यक्रममा आयोजक को विशेष प्रस्तुति रहने जनाइएको छ।
sasकार्यक्रममा नव चर्चित गायक अमर राई, गायक रोशन, राजु लामा, रमेश बानिया, कमेडी गायक नबराज भट्टराई, संगितकार साथै गायक मनिपाल राई, धनीराम राई, लगायतका मिठो स्वार सुन्न सकिने छ भने अमिर अधीकारी, धनीराम राई,ले मुटु मिची मिची हसाई दर्सकलाई मनोरन्जन दिलाउने छ। उक्त कार्यक्रममा कोपिला, दिपा, तारा, माया लिम्बु, आशु लिम्बु,ले न्रित्य प्रस्तुति गर्ने सचिब साईमन थापाले बताउनु भयो। मे २ तारिक २०१५, शनिबार साझ हुने कार्यक्रंममा नृत्य, गायन, र हास्य कला सहित सुभकामाना आदन प्रदान बिभिन्न प्रस्तुतिले भरपुर मनोरन्जन दिईने सम्पुर्ण नेपालीहरुमा उपस्थितिका लागी आयोजकले अनुरोध गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१