महामारीका कारण जाजरकोटमा फेरी १ को मृत्यु,मर्नेको संख्या २८ पुग्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० बैशाख २०७२, बिहीबार १६:३३

जाजरकोट,१० बैशाख । एक महिना देखि जिल्लामा फैलिएको महामारीका कारण जाजरकोटमा मृत्यु हुनेको संख्या २८ पुगेको छ। बिहीबार मौसमी फ्लूका कारण ढिमे– ५ खुर्पा का ५५ वर्षीय चमारे रावलको मृत्यु भए पछि मृत्यु हुनेको संख्या २८ पुगेको हो। पाँच दिनदेखि रुघाखोकी र ज्वरो आउने समस्याले पीडित भएका रावलको उपचार अभावमा बिहीबार मृत्यु भएको स्थानीय डिल्लीबहादुर थापाले बताए। महामारीवाट निकै प्रभावित पैंक गाविससंग सिमाना जोडिएको ढिमेमा सरेको महामारीका कारण सयौं विरामीको उपचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। यस पछि महामारीवाट मर्नेको संख्या २८ पुगेको छ। गत हप्ता देखि ढिमेमा पनि महामारीको रुप देखिएको हो। मृत्यु हुनेमा पनि ५० वर्षभन्दा कम उमेरका ३ जना मात्र छन्।

Jajrkot-swinflueमृत्युको कारण पुरानो दम र खोकी देखिएको छ।  रोगले महामारीको रुप लिई सक्दा पनि सरकारी तहबाट उदासिनता देखाएको, औषधी उपचारमा ढिला सुस्ती गरेको, सुरुमा हेलचेक्राई भएको पाइएको छ । जाजरकोटका विभिन्न गाविसमा ४ हप्तादेखि फैलिएको रोगलाई सुरुमा नै उचित रोकथामको प्रयास नगर्दा महामारीको रुप लिएको छ । महामारी क्षेत्रका प्रभावित स्थानीयहरुले रोगले महामारीको रुप लिईसकेपछि पनि आवश्यक स्वास्थ्यकर्मी नै परिचालन नगरिएको, कार्यालय सहायकको भरमा उपचारार्थ भर पर्नु परेको, पर्याप्त औषधी उपचार नपाएको गुनासो स्थानियहरुले गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१