अब पनि संविधान नबनाए जनताले माफ गर्दैनन् : नागरिक समाज

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० बैशाख २०७२, बिहीबार १६:१५

काठमाडौं, १० वैशाख । नागरिक समाजका अगुवाले राजनीतिक दलले अब पनि संविधान लेखनमा ढिलाई गरे नागरिकले कहिल्यै माफी नगर्ने बताएका छन् । नागरिक समाजका अगुवाले लोकतन्त्र दिवसको पूर्वसन्ध्यामा बिहीबार काठमाडौंको बबरमहलमा तीन घण्टा धर्ना बसेर दलसामु जतिसक्दो चाँडो संविधान बनाउन आग्रह गरेका छन् ।

उनीहरुले अब पनि संविधान निर्माणको काम अगाडि नबढाए आमनागरिक संविधान खोइ ? भनेर सडकमा उत्रिने र त्यो अवस्थामा दलहरुले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । नागरिक समाजका अगुवाले सहमतिका आधारमा संविधान बनाउन जोड दिँदै सहमतिका लागि दलले स्वार्थ छोड्नुपर्ने बताए । नागरिक समाजका अगुवाले संविधान बनाउन धेरै समय खर्चिंदा त्यसले आमनागरिकमा निराशा बढेर प्रतिगमन दोहोरिन सक्ने खतरा औंल्याउँदै संविधान नबनुञ्जेल दलहरुलाई निरन्तर खबरदारी गर्ने बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१