टुंडिखेलमा रामदेवको योगा,बागमती गर्नेछन् सफा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० बैशाख २०७२, बिहीबार १४:२७

काठमाडौं, १० वैशाख । भारतका योगगुरु रामदेवको बिहीबार नेपाल आउँदै हुनुहुन्छ । शुक्रबारदेखि ५ दिनसम्म काठमाडौंको टुंडिखेलमा हुने योग शिविरमा योग सिकाउन उहाँ काठमाडौं आउन लाग्नुभएको हो । पतञ्जली योगपीठ नेपालले आयोजना गरेको शिविरमा निःशुल्क योगा सिक्न पाइन्छ । तर यसको लागि पहिल्यै पास लिइसकेको हुनुपर्नेछ । योग र आयुर्वेदको माध्यमबाट नेपालीलाई शारीरिक तथा मानसिक आरोग्यता प्रदान गरी उनीहरुमा सकारात्मक भावनाको विकास गर्ने उद्देश्यले पतञ्जली योगपीठ नेपालले विश्वप्रसिद्ध योगगुरु रामदेवको उपस्थितिमा योग शिविर गर्न लागेको हो ।

ramdevबिहान ५ बजेदेखि ८ बजेसम्म हुने शिविरका लागि आयोजकले ४० हजार वटा पासको व्यवस्था गरेको छ । मूल समारोह समितिका अध्यक्ष डा.उपेन्द्र महतोले शिविर सञ्चालन गर्न १ करोड ४० लाख रुपैयाँ खर्च हुने बताउनुभयो । पाँच दिने शिविरमा  रामदेवसँगै  आयुर्वेद शिरोमणी आचार्य बालकृष्णले पनि योग सिकाउने कार्यक्रम छ । रामदेवले वैशाख १६ गते बिहान जनकपुरमा त्यहाँका स्थानीय बासिन्दालाई पनि योग सिकाउने र त्यही दिन वीरगञ्जमा खोलिएको पतञ्जली आयुर्वेद कारखानाको उद्घाटन गर्ने कार्यक्रम रहेको पतञ्जली योगपीठ नेपालले जनाएको छ । साथैं रामदेवले बागमती सफा गर्ने अभियानमा पनि सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१