प्रभु बैंकका अध्यक्ष देवी भट्टचनको जग्गा बिप्लब माओवादीका कार्यकर्ताद्धारा कब्जा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० बैशाख २०७२, बिहीबार १२:३२

काठमाडौं,१० बैशाख । नेत्र विक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपा माओवादी कार्यकर्ताले प्रभु बैंकका अध्यक्ष देवी भट्टचनको बागलुङ ढोरपाटन स्थित जग्गा कब्जा गरेका छन्। नेकपा माओवादी बागलुङ सेक्रेटरी विकिरण नेतृत्वको टोलीले बिहीबार ढोरपाटनको बोबाङ—९ मा रहेको भट्टचनको ८४ रोपनी जग्गामा पार्टीको झण्डा गाडेर कब्जा गरेको घोषणा गरेका हुन्। शक्तिको प्रयोग गरेर सर्वसाधारण र सरकारी जग्गालाई भट्टचनले आफ्नो नाममा दर्ता गरेकोले जग्गा कब्जा गरेको सेक्रेटरी विकिरणले बताए। वि.स. २०३९ सालमा होमबहादुर भट्चन गाविस अध्यक्ष भएको बेलामा देवीले त्यहाँका दलित र तिब्बती शरणार्थी बसेको जग्गा आफ्नो नाममा पास गररेकोले कब्जा गर्नु परेको उनले उल्लेख गरे।

SONY DSCकब्जा गरेको जग्गा जनताले भोगचलन गर्ने माओवादी निटकको राष्ट्रिय युवा जनस्वयंसेवक बागलुङका अध्यक्ष राम बहादुर कुँवरले नागरिकन्युजलाई। जग्गाको मूल्य करिब ८४ लाख रुपैयाँ पर्छ। त्यस्तें केहि दिन अगाडी मात्र (बिप्लब) नेतृत्वको नेकपा माओवादी कार्यकर्ताले दोलखाका एमाओवादी र एमालेका नेताको घरजग्गा कब्जा गरेका थिए । दोलखाको सिंगटी लादुकस्थित एमाओवादी केन्द्रीय नेता जितवीर लामाको कच्ची घर तथा एमाले नेताद्वय कुमार खड्का र प्रकाश केसीको जग्गा कब्जा गरिएको हो । लामा २०४८ सालमा एमालेको सांसदमा निर्वाचित भएका थिए । पछि माले हुँदै एमाओवादीमा प्रवेश गरेका थिए । खड्का र केसी एमालेका जिल्लास्तरीय नेता हुन् ।  लामाले ०५८ सालमा डम्बरबहादुर बुढाथोकीलाई कच्ची घर बिक्री गरेर पैसा लिए पनि पास नगदिएकोले कब्जा गरिएको विप्लव माओवादीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१