ट्विटरको १० करोड सदस्य

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० बैशाख २०७२, बिहीबार ११:२३

तपाई ट्विटरमा हुनुहुन्छ ? हुनहुन्छ भने तपाईले ट्विट पनि गर्नुभएकै होला ? तर यति तपाई ट्विटरमा हुनुहुन्न अथवा भएर पनि ट्विट गर्नुहुन्न भने तपाईले ट्विटर प्रयोग गर्ने १० करोडमा पर्नुहुन्न । ७ जना सदस्यबाट ५ वर्षहिले सुरु भएको माइक्रो ब्लगिङ्ग साइट ट्विटरले आफ्नो क्रियाशिल सदस्यको संख्या १० करोड पुगेको घोषणा गरेको छ ।
twitterट्विटरले आफ्नो आधिकारीक ब्लगमा जनाए अनुसार माइक्रो ब्लगिङ्ग गर्ने १० करोड मध्ये ४ करोडले भने अरुको ट्विट पढ्न रुचाउने गरेका छन् ।  यस्तै ट्विटर एकाउन्ट हुने तर त्यसलाई प्रयोग नै नगर्ने सदस्यहरु पनि आफूहरुसँग रहेको ट्विटरले स्वीकार गरेको छ । ट्विटरमा एकाउन्ट रहेका १८ प्रतिशतले महिनामा एक पटक पनि ट्विटर प्रयोग नगर्ने तथ्य पनि र्सार्वजनिक भएको छ । ट्विटरमा ठूला ठूला नाम चलेका संघ सस्था, चर्चित व्यत्तित्व तथा खेलाडीहरु, व्यवसायिक संघ संस्था तथा सञ्चार माध्यमहरु सदस्य छन् । उनीहरुले बढीमा १ सय ४० शब्द सम्ममा आफ्ना भावना, तथा कुनै सुचना वा जानकारी ट्विटरमा पोष्ट गर्न ूट्विटू गर्न पाउँछन् । अमेरिकाले पाकिस्तानको एबट्टावादमा ओसामा विन लादेन मारेको घटनालाई एबट्टावादमै रहेका एक जना पाकिस्तानले सवैभन्दा पहिला ट्विट मार्फत र्सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१