नर्दन क्यालिफोर्निया च्याप्टरको अधिबेशनबाट पूर्ण शेर्पाको प्यानल बिजयी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० बैशाख २०७२, बिहीबार ११:१६

अमेरिका,१० बैशाख । नेपाली जनसंपर्क समिती अमेरिका, नर्दन क्यालिफोर्निया च्याप्टरको आइतवार भएको पाँचौ अधिबेशनमा सम्पन्न निर्वाचनमा पूर्ण शेर्पा तथा उनका सम्पूर्ण समूह भारी मतले बिजयी भएका छन् । रातभरको मत गणना पश्चात सोमबार बिहान प्रमुख निर्वाचन आयुक्त विश्वनाथ भण्डारीले सभापतिका प्रत्यासी पूर्ण शेर्पाले कूल खसेको १३७६ मत मध्ये ८१० मत प्राप्त गरी बिजयी भएको घोषणा गरे । सभापतिका अर्का प्रत्यासी प्रतिक पाण्डेले ५४६ मत प्राप्त गरेका थिए ।

aaaaaaaaaaaaaaaaaaaaaसभापति, उप-सभापती, सचिव, सह-कोषाध्यक्ष र सदस्यहरु गरी १७ स्थानमा नै पूर्ण शेर्पाको प्यानलले आफ्नो कब्जा जमायो । बिजयी हुने उम्मेदवारहरुले आफ्ना प्रतिद्वन्दीहरुलाई ११८ देखि २६४ मतको अन्तरले जितेका छन् । बिजयी उम्मेद्वारहरुमा सभापति पूर्ण शेर्पा, उप-सभापती तारा बराल, उप–सभापती लक्ष्मी कार्की, सचिव हरी भट्ट, सह-सचिव तेज प्रसाद (बिनोद)  पौडेल, कोषाधक्ष गोमा लिम्बु तथा सदस्यहरु नारायण खनाल, दिपक प्रधान, नबिन बुढाथोकी, सुनिल पौडेल, शिल्पा शाक्य, गोपाल बस्नेत, पुष्पराज राना, राम कुवँर (सन्दिप) , ध्रुब दाहाल, पुष्पराज गौतम, सनी लामा रहेका छन् ।  जनसम्पर्क समिती अमेरिकाका केन्द्रिय सभापति आनन्द बिष्टको प्रमुख आतिथ्य तथा निवर्तमान सभापति चन्द्र धितालको सभापतित्वमा सम्पन्न अधिबेशन समारोहमा केन्द्रिय प्रतिनिधि धर्म श्रेष्ठ, नेपाली काँङ्ग्रेस महासमिती सदस्य बेद खरेल बिशिष्ट अतिथीको रुपमा उपस्थित थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१