रियाल मड्रिड र युभेन्टस युएफा सेमिफाइनलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० बैशाख २०७२, बिहीबार ११:०८

स्पेनको रियाल मड्रिड र ईटालीको युभेन्टस युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराती आफ्नै मैदानमा भएको क्वाटरफाईनल दोस्रो लेगको खेलमा रियाल मड्रिडले आफ्नै शहरको प्रतिद्धन्दी एथ्लेटिको मड्रिडलाई १-० ले हरायो । खेलमा रियाललाई विजयी गराउन हेभियर हर्नान्डेजले निर्णायक गोल गरे । यसअघि एथ्लेटिको मड्रिडको मैदानमा सम्पन्न पहिलो लेगको खेल गोलरिहत बराबरीमा सकिएको थियो ।

gameगएराती भएको अर्को खेलमा इटालीको युभेन्टसले फ्रान्सको मोनाकोसँग गोलरहित बराबरी खेलेको छ । मोनाकोको मैदानमा सम्पन्न दोस्रो लेगको खेल बराबरीमा सकिएपछि युभेन्टस समग्रमा १-० ले विजयी भएको हो । यसअघि आफ्नै मैदानमा भएको पहिलो लेगको खेल युभेन्टसले १-० ले जितेको थियो । गएरातीका खेलहरुसँगै च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनल पुग्ने चार टोलीहरुको टुंगो लागेको छ । यसअघिका क्वाटरफाइनल खेलहरु जित्दै स्पेनिस जायन्ट बार्सीलोना र जर्मनीको बायर्न म्युनिख सेमिफाइनलमा पुगिसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१