बिहारमा आँधीका कारण मृत्यु हुनेको संख्या ४२ पुग्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० बैशाख २०७२, बिहीबार १०:५३

aadhiएजेन्सी । भारतको बिहार राज्यको कोसी क्षेत्रमा आएको भीषण आँधीका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ । मंगलबार राती १० बजे बाट सुरु भएको आँधीका कारण अन्य दजनौं घाइते भएका छन् । विहारका अधिकारीहरुका अनुसार आँधीले सबै भन्दा धेरै पूर्णिया जिल्लामा क्षति पुर्‍याएको छ । त्यहाँ मात्र ३० जनाको मृत्यु भएको छ । मृतकको संख्या अझै बढ्ने आशंका गरिएको छ । आँधीका कारण सडक, बिजुली लगायतका सेवा पूर्ण रुपमा अवरुद्ध भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच, विहार सरकारले मृतकको परिवारलाई राहत स्वरुप चार लाख दिने घोषणा समेत गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१