भीमकुमारीले जन्मदिइन तिम्ल्याहा बच्चा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० बैशाख २०७२, बिहीबार १०:४०

काठमाडौं,१० बैशाख । इलामकी ३६ वर्षीया भीमकुमारी लिम्बूले मंगलबार तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । तिम्ल्याहामा २ छोरी र १ छोरा छन् । इलामको साखेजुङ ६ की भीमकुमारीले शल्यक्रियामार्फत तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । जन्मिएका तीनवटै बच्चासहित आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले जनाएका छन् । उनका श्रीमान ५४ वर्षीय बलवहादुर तुम्बापोका अनुसार बैशाख ६ गतेदेखि इलामबाट रिफर भएपछि प्रतिष्ठानको प्रसुति विभागमा शल्यक्रियाका लागि ल्याएको अवस्थामा तिम्ल्याहा बच्चा जन्मेको हो । प्रतिष्ठानका चिकित्सक डा.अजय अग्रवालको टोलीले तुम्बापोको शल्यक्रिया गरि बच्चा सकुशल जन्माउन सफल भएको हो । भीमकुमारीे गत साल मात्रै बलवहादुर तुम्बापोसँग बिहे गरेकी थिइन् । बच्चा गर्भमा आएपछि इलाममा भिडियो एक्सरे गर्दा डाक्टरले तीन बच्चा पेटमा रहेको बताएका थिए । श्रीमान् बलबहादुरले भने, ‘चिन्ता लागि रहेको थियो तर तीनै बच्चा सकुशल जन्मिए । तर बच्चा हुर्काउन भने समस्या छ ।’

timliyaप्रतिष्ठनका स्त्री रोग विशेषज्ञ डा.मोहनचन्द्र रेग्मीका अनुसार पुरुषको वीर्यले स्त्रीको डिम्बकोषलाई एकभन्दा बढी गर्भाधान गरेको खण्डमा बच्चा एक भन्दा बढी हुने वताए । यस्तो समस्या टेष्ट ट्युबद्धारा बच्चा जन्माउँदा पनि हुने डा। रेग्मीले बताए । समय अवधि पूरा गरेर वच्चाको जन्म भएकोले तीनवटा बच्चाहरु वांच्ने प्रवल सम्भावना रहेको प्रतिष्ठानले जनाएको छ । यसअघि पनि प्रतिष्ठानमा झापाकी २ जना  महिलाले नि एकै पटक ४ वटा बच्चालाई जन्माएका थिए । तर कम तौल भएको कारण तीन वटा बच्चाको मृत्यु भएको र एउटामात्रै बच्चा हाल सम्म जीवित रहेको जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१