कोरियामा रहेका ‘गैरकानूनी’ नेपाली कामदारको नाम सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ जेष्ठ २०७१, शुक्रबार ११:१६

काठमाडौं ,२ जेठ । नेपाल सरकार, वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले इपीएस अन्तरगत कोरियामा गई बसोबास गरिरहेका ४६६ नेपाली कामदारको नाम आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।

‘सन् २०१४ मे ११ सम्म गैह्र कानूनीरुपमा कोरियामा बसेका कामदारहरुको विवरण’ शीर्षकमा नेपाली कामदारको नाम, जन्म मिति र पासपोर्ट नम्बर नेपाल सरकारले सार्वजनिक गरेको छ ।

सरकारले सार्वजनिक गरेको गैरकानूनी कामदारको सूचीमा ३८ जना महिलासमेत छन् । पुरुषको संख्या ४ सय २८ रहेको छ ।विवरणमा गैरकानूनी भनी उल्लेख भएकामध्ये करिब २५ प्रतिश नेपाली कामदारहरु बैधानिक रहेको त्यहाँ कार्यरत केहीले बताएका छन् । कोही ढाडको समस्या भई उपचारको लाइसेन्स लिएर बसेका त कोही शरणार्थी वा अन्य वैधानिक आधार बनाई बसिरहेको अवस्थामा उनीहरुलाई समेत गैरकानूनी बसोबासको सूचीमा पारिएको भन्दै सरकारी निर्णयप्रति कोरियामा कार्यरत नेपाली समुदायमा असन्तुष्टि देखिएको छ ।

प्रतिक्रिया