काठमाडौं,१० बैशाख । भारतले नौबिसे दुर्घटनामा घाइते आफ्ना सबै नागरिकलाई विशेष विमानबाट स्वदेश लैजाने तयारी गरेको छ। विमानमा मृत्यु भएकाको शव पनि लगिनेछ। भारतीय विदेश मन्त्रालयले दुर्घटनामा मृत्यु भएका सबै १७ जनाको शव र घाइतेलाई उद्धार गर्न बुधबार राति नै सैन्यजहाज नेपाल पठाएको छ। विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले सामाजिक सञ्जल ट्विटरमा दुर्घटनामा मारिएका यात्रु र घाइतेलाई लिन आइएल ७६ विशेष विमान पठाइएको जानकारी दिएका छन्।
बस दुर्घटनाको विषयमा बसका चालक भनसुज लालले आफ्नो बयान दिएका छन् । उनले आफ्नो बनायनमा भनेका छन् दुई महिना लामो तीर्थयात्राका लागि निस्केका थियौँ। हिजो पशुपतिनाथको दर्शन गरेका थियौँ। अझै एक महिनाको हाम्रो यात्रा बाँकी थियो। उत्तराखण्डमा रहेको बद्रीनाथ र केदारनाथ जान बाँकी थियो। त्यसका लागि हामी पशुपतिको दर्शन सकेर बुधबार बिहानै गाडीमा निस्केका थियौँ। काठमाडौंबाट गुडेको एक घन्टाजति भएको थियो। हाम्रो बस धेरै नै कुदिरहेको थियो। एक्कासि बस उडेजस्तो भयो।
मानिसहरु चिच्याए। त्यसपछि ड्याङ्ग आवाज आएको मात्र थाहा पाएँ। पछि होस आउँदा म त निकै तल रहेछु। हेर्दा त बस पूरै टुक्राटुक्रा भइसकेको रहेछ। कसरी बाँचे, मलाई नै थाहा छैन। सायद भगवानले बचाए।
प्रतिक्रिया