टीपू सुल्तानको एउटै तरबार २१ करोड भारुमा लिलाम

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० बैशाख २०७२, बिहीबार १०:२५

एजेन्सी । भारतको प्राचीन मैसुर राज्यका शासक टीपू सुल्तानको एउटै तरबार २१ करोड भारतीय रुपैयाँ लिलाम भएको छ। १८औं शताब्दीका शासक टीपू सुल्तानको केही हतियार र कवज हालै लन्डनमा लिलामीमा राखिएको थियो। जहाँ ६० लाख पाउन्डमा उनका ती सामग्रीहरु लिलाम भएका हुन्। त्यसैमध्येको एक विशेष तरबार २१ करोड भारुमा लिलाम भएको हो। उक्त तरबारको समाउने भागमा रत्नजडित बाघको आकृति रहेको छ।

tarbarत्यस्तै, टीपू सुल्तानको एक बन्दुक १३ करोड भारुमा लिलाम भयो। ‘टाइगर अफ मैसुरु भनिने टीपू सुल्तानको प्रतीक चिन्ह बाघ थियो। जुन उनको सामग्रीमा प्रमुखरुपमा अंकित भएको पाइन्छ। टीपू सुल्तानको जन्म सन् २० नोभेम्बर १७५० मा कर्नाटकको देवनाहल्लीमा भएको थियो। सन् १७९९ मा मृत्युअघिसम्म ब्रिटेनको इस्ट इन्डिया कम्पनीसँग उनको संघर्ष चलिरहह्यो। उनी संघर्षकैक्रममा अंग्रेजबाट मारिए। त्यसपछि उनको हतियार अंग्रेजले आफ्नो साथमा ब्रिटेन लिएर गएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१