हास्यकलाकारितामा निरन्तरता कमेडी गायक भट्टराई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० बैशाख २०७२, बिहीबार १०:१७

– प्रदिप राई
हास्यकलाकारिता गीत संगीकको कुरा गर्नु बितिकै हामी मानवजातीलाई अर्कै अनुभवको अनुभुती हुन्छ । अझ हास्य (कमेडी) न्रित्य, गीत संगीत मन नपराउँने व्याक्ति हुन्छ की हुँदैन ? यो एउटा प्रश्नको कुरो मनमा मनले उत्पन्न गराउँदछ । मनोरन्जनको मुख्य स्रोतको रुपमा हास्य (कमेडी) न्रित्य गीत र संगीतलाई लिने गरिन्छ । यो शताब्दीको संघारमा हास्य गीत संगीतको ठूलो भूमीका र पहुच रहेको पाइन्छ ।
comप्रवाशको बसाई अनी जीवनको डौडानमा आज हास्यकलाकारिता गीत संगीतको दुनियामा रम्ने हरेक आत्मीय मनहरुमा नेपाली हास्य (कमेडी) गीत संगीत क्षेत्रमा नव चर्चित हास्य (कमेडी) गायक साथै कमेडी मोडलका रुपमा चिनिदै आएका नवराज भट्टराईको बारेमा केही लेख्न मन लाग्यो । समय निष्ठूरी अनी बलवान छ तर यस्को महत्व बढी छ । छत्रे देउराली – ५ धादिङमा बि.स. २०४९ सालमा बाबा सिताराम भट्टराई माता राधिका भट्टराईको कोखबाट जन्मनु भएका नवराज भट्टराई आज सिङ्गापुर र मलेसियामा रहेर हास्य “कमेडी” गीत संगीत मोडलको दुनियामा निकै अगाडी अग्रसर रहेको पाइएको छ । बिगत १० बर्ष देखी विभिन्न प्रतिस्र्पर्धात्मक कार्यक्रमबाट हास्य “कमेडी”   गीत संगीत क्षेत्रमा क्रियाशिल भट्टराई कुनै नौलो नाम होइन । सानै उमेरमा हास्य “कमेडी” गायन मोडलमा ठुलो उपलब्धी हातपार्न सफल भट्टराई सानैदेखी “कमेडी” गीत अथवा गायनमा रुचि राख्ने गर्दथे । भट्टराईका हाल सम्म झण्डै ४० भन्दा बढी गीत १०० भन्दा माथि गितमा साईड मोडल बजारमा आईसकेका छन् । बिभिन्न कार्यक्रमहरुमा सामेल भएका भट्टराईले अहिलेसम्म तीन वटा गीतको एल्बम निकाली सकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१