नेपालीलाई एकआपसमा भिडाउने खेल भइरहेको छ : ओली

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० बैशाख २०७२, बिहीबार १०:१२

kp oliकाठमाडौं, १० वैशाख । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली जनतालाई एक–अर्कामा भिडाउने उद्देश्यले जबर्जस्ती जातीय राज्यको कुरा उठाइएको दाबी गरेका छन् । उनले जातीय पहिचान हुने गरी संघीयतामा जाने कुरा आफूहरुलाई मान्य नहुनेसमेत स्पष्ट पारेका छन् ।  राजधानीमा नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ६७औं वर्षगाँठको अवसरमा एमालेले गरेको कार्यक्रममा ओलीले केही समूहहरु पहिचान र जातीय राज्यको नाममा नेपालीलाई एकआपसमा भिडाउने खेलमा लागेको आरोप लगाए । अध्यक्ष ओलीले नेपालमा सबै जातजाति, भाषाभाषी र समुदायको हक, अधिकारलाई सुनिश्चित हुने गरी छिट्टै संविधान जारी हुने दाबीसमेत गरे । कार्यक्रममा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टीभित्र भावनात्मक र वैचारिक एकता कायम हुनसके मात्र राष्ट्रिय राजनीतिमा आफ्ना एजेन्डा स्थापित गर्न सकिने बताए । कार्यक्रममा अन्य वक्ताहरुले कम्युनिष्टहरुबीचको एकता प्रयासलाई तीव्रता दिनुपर्नेमा जोड दिएका दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१