गृहमन्त्रीको जवाफ -‘विदेशी मान्दैनौं भन्ने हो भने उनीहरुले बनाएको गाडी किन चढ्नु ?’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ बैशाख २०७२, बुधबार १६:३६

काठमाडौं,९ बैशाख । गृह मन्त्रालयले अगाडि बढाएको विवादित ‘भिसा प्रोसेसिङ’ बारे स्पष्टिकरण दिन संसदको सार्वजनिक लेखा समितिमा पुगेका उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले विश्व नै एउटा गाउँमा परिणत भएका बेला विदेशी कम्पनीलाई निषेध गरेर अगाडि बढ्न खोज्नु वैज्ञानिक नहुने बताएका छन् । समितिमा बोल्दै मन्त्री गौतमले भने– ‘मान्छे पृथ्वी छाडेर अनेक सौर्यमण्डलतिर पाईला चाल्न थालिसके, यस्तो बेलामा विदेशी मान्दैनौं भन्ने हो भने उनीहरुले बनाएको गाडी किन चढ्नु ? गाढा र घोडाहरु चढे भैगो नी । कपडा पनि नेपालमै बनेको मात्रै लगाएर गुजारा गरे भो, विदेशमा बनेका मोबाइलहरु किन चलाउने नेपालमै बनाउन थालौं ।’ अनलाइन भिसा प्रणालीको बारेमा गलत ढंगले प्रचार गरिए पनि आफूले मुलुकको हितका लागि यो प्रस्ताव ल्याएकाले पछि नहट्ने उनले प्रष्ट पारे । आफू यो प्रणालीबारे जहाँसुकै गएर भने पनि फेस गर्न तयार रहेको भन्दै गौतमले नेपालको विकास हुन नदिने तत्वले यस्ता राम्रा कामको पनि विरोध गरिरहेको आरो लगाए ।

bamdev गौतमले हल्ला गरेका भरमा गलतलाई सही सावित गर्न खोजिएको तर्क प्रस्तुत गर्दै जाजरकोटमा स्वाइन फ्लूबाट मर्नेको संख्या तीन चार जना भए पनि महामारीबाट मर्ने सबै स्वाइन फ्लूबाटै मरेको प्रचार गरिएको बताए । त्यस्तैं लेखा समितिका सभापति जनार्दन शर्माले भिसा प्रोसेसिङबारे गृहमन्त्रीले जवाफ दिएपनि त्यसबारे बुधवारको बैठकमा कुनै ठोस निर्णय गरेनन् । गृहमन्त्री, गृहसचिव र अध्यागमनका निर्देशकले स्पष्टिकरण दिएसँगै शर्माले भने, ‘यसबारे अर्को बैठकमा हामी विज्ञहरुलाई बोलाएर छलफल गर्छौ ।’ जाजरकोटमा फैलिएको महारमारी नियन्त्रणका लागि मास्क वितरण गर्न पनि सरकारले आवश्यक बजेटको व्यवस्था गर्न नसकेको गुनासो आएको भन्दै शर्माले भने, ‘आवश्यक बजेट र सुरक्षा सामग्रीको व्यवस्था गरेर महामारी नियन्त्रणका लागि सक्रिय हुन गृहमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ अर्को बैठकमा विस्तृत छलफलपछि भिसा प्रोस्रेसिङबारे निर्णय लिने भन्दै शर्माले गौतमलाई संकेत गर्दै भने, ‘जाजरकोटकको महामारीबारे सरकार संवेदनशिल बनोस ।’ समितिको बैठकमा बोल्ने अधिकांश सभासद्हरुले भिसा प्रोसेसिङ प्रक्रिया व्यवस्थित गर्ने प्रयत्न प्रशंसनिय भएपनि प्राविधिक पक्षको जिम्मा विदेशी कम्पनीलाई दिनुको साटो नेपाली कम्पनीलाई नै दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१