काठमाडौं,९ बैशाख । एशियाली अफ्रिकी शिखर सम्मेलन २०१५ को इण्डोनेशियाको राजधानी जाकर्तामा औपचारिक उद्घाटन भएको छ। गणतन्त्र इण्डोनेशियाका राष्ट्रपति जोको विडोडोले स्थानीय समय ९.४५ मा सम्मेलनको उद्घाटन गरेका थिए। सम्मेलनमा प्रधानमन्त्री सुशील कोइराला सहभागी हुनु भएको छ । नेपाली प्रतिनिधि मण्डलका सदस्यहरु पनि सम्मेलनमा सहभागी भएका छन्। सम्मेलनमा एशिया र अफ्रिका महादेशका १ सय ५ देशहरुको सहभागिता छ। नेपालबाट प्रधानमन्त्री सुशील कोइराला नेतृत्वमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसहितको प्रतिनिधि मण्डलले शिखर सम्मेलनमा सहभागिता जनाएका छन्। आयोजक इन्डनेनेसियाका राष्ट्रपति जोको विडोडोले सम्मेलनको उद्घाटन गरेका छन्। सम्मेलनमा २६ देशका सरकार एवम् राष्ट्र प्रमुखहरुको सहभागिता छ। सम्मेलनमा १५ पर्यवेक्षक राष्ट्र र १७ अन्तराष्ट्रिय संघसंस्थाले सहभागिता जनाएका छन्। वाङ्गडुङ्ग सम्मेलनको ६० औं बार्षिकोत्सवको अवसरमा आयोजित यस सम्मेलनमा दशक पहिलेको ऐतिहासिक बाङ्गडुङ्गको सम्मेलनको प्रतिबद्धताको स्मरण गर्ने, नास्पलाई गति दिने र प्यालेष्टाइनलाई सहयोग गर्ने घोषणा हुने अपेक्षा गरिएको छ।
सम्मेलनमा एशिया र अफ्रिकाका १०५ देशका प्रतिनिधि ,१५ देशका पर्यवेक्षक र १७ वटा अन्तराष्ट्रिय संस्थाहरुको सहभागिता रहेको छ। सम्मेलनमा सहभागी नेता र प्रतिनिधिहरुले आफ्ना अनुभवको आदानप्रदान गर्ने,साझेदारी सबल बनाउने रसाझा चुनौतिहरुलाई सामना गरी बाहिर निस्कने रणनीति तय गर्ने दुवै महाद्वीपका बीचमा बलियो दक्षिण–दक्षिण सहयोग अभिबृद्धि गरी आर्थिक विकासलाई सबल बनाउने विषयमा छलफल गर्ने छन्। तीनवटा सत्रमा चल्ने बुधबारको सम्मेलनमा नेपालका प्रधानमन्त्री कोइरालाले सम्बोधन गर्नेछन्। उनले करिव ५ मिनेट सम्बोधन गर्ने परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिए। बुधबार नै प्रधानमन्त्रीले सन्ध्याकालिन सत्रको सहअध्यक्षता समेत गर्नेछन्। परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेका अनुसार बेलुका आयोजक राष्ट्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले आयोजना गर्ने रात्री भोजमा प्रधानमन्त्री कोइराला सरिक हुनेछन्। संभव भएसम्म प्रधानमन्त्रीले सम्मेलन केन्द्रमै केही राष्ट्रका सरकार प्रमुखहरुसंग भेटवार्तासमेत गर्नेछन्।
प्रतिक्रिया