भारतमा लोकसभा चुनावको मतगणना सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ जेष्ठ २०७१, शुक्रबार ११:०३

नयाँ दिल्ली , जेठ भारतमा अहिले लोकसभा चुनावको मतगणना सुरु भएको छ । अप्रिल ७ (चैत २३) गतेदेखि मे १२ (वैशाख २८) सम्म ९ चरणमा भएको मत परिणाम आज सार्वजनिक हुँदैछ । कूल ५ सय ४३ सिटका लागि पछिल्लो मत परिणामअनुसार आज सार्वजनिक हने भएको हो ।नरेन्द्र मोदीको भारतीय जनता पार्टीले अधिकांश क्षेत्रमा अग्रता लिएको छ । ३ सय ४६ सिटको गणनामध्ये १८७ क्षेत्रमा मोदीले अग्रता लिएका छन् । राहुल गान्धी ७० अन्य पार्टी ८५ र केजरिवालको आम आदमीले ३ क्षेत्रमा अग्रता लिएका छन् ।

८१ करोड ४० लाख मतदाता मध्ये ५१ करोड भन्दा बढी भारतीय मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए । कूल सिटमध्ये २७२ सिट ल्याउने पार्टीले भारतमा सरकार बनाउनेछ । लोक सभामा थप दुई सिट मनोनित गरिन्छ ।

प्रतिक्रिया