बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ बैशाख २०७२, बुधबार १४:४२

barsilonaएजेन्सी । स्प्यानिश क्लव बार्सिलोना र जर्मन क्लव वायर्न म्युनिख च्याम्पियन्स लिग फुटवलको सेमिफाइनलमा पुगेका छन् । बार्सिलोनाले क्वाटरफाइनलको दोस्रो लेगमा फ्रान्सेली क्लव पेरिस सेन्ट जरमाइनविरुद्ध २–० को जित हात पारेपछि समग्रमा ५–१ को नतिजासहित अन्तिम चारमा पुगेको हो । पहिलो लेगमा ३–१ को नतिजा निकालेको बार्साका लागि गएराति दुवै गोल नेयमारले गरेका थिए । उता, वायर्न म्युनिखले भने चमत्कारी नतिजा निकाल्यो । उसले दोस्रो लेगमा गएराति एफसी पोर्तोविरुद्ध ६–१ को नतिजा निकाल्दै सेमिफाइनलमा स्थान तय गर्‍यो । पहिलो लेगमा पोर्तोलाई ३–१ को नतिजा सुम्पेको वायर्नले दोस्रो लेगमा निकालेको फराकिलो जितपछि समग्रमा ७–४ को नतिजासहित अन्त्मि चारमा स्थान बनाएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१