नयाँ स्मार्टफोन नेपाली बजारमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ बैशाख २०७२, बुधबार १२:४५

smirt-phoneनेपालका लागि इन्टेक्स मोबाइलको आधिकारीक बिक्रेता इओल प्रालिले अक्वा स्टार –२ मोडलको स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । चौधरी ग्रुपको भगिनी कम्पनी इओएलले नयाँ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको हो । नयाँ स्मार्टफोनमा १.२ गिगाहर्ज क्वाडकोर प्रोसेसर तथा एक जिबी ¥याम रहेको छ । त्यस्तै स्मार्टफोनमा ८ जिबी इन्टरनल स्टोरेज रहेको छ । यसलाई बढाएर ३२ जिबीसम्म थप गर्न सकिने कम्पनीले जनाएको छ । पाँच इन्चको स्क्रिन तथा २००० एमएच क्षमताको व्याट्री रहेको स्मार्टफोनमा पाँच मेगापिक्सलको फ्रन्ट क्यामेरा तथा आठ मेगा पिक्सलको रियल क्यामेरा रहेको छ । कम्पनीले नयाँ स्मार्टफोनको खरिदमा १६ जिबी मेमोरी तथा ४००० एमएचको पावर बैंक उपहार दिने कम्पनीले जनाएको छ । स्मार्टफोनको मूल्य नेपाली बजारमा १२ हजार नौ सय ९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१