अपडेट : नौबिसेमा पर्यटक बोकेको बस दुर्घटना हुँदा १७ जनाको ज्यान गयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ बैशाख २०७२, बुधबार ११:३४

धादिङ,९ बैशाख । त्रिभुवन राजपथको नागढुंगा नौबिसे सडक-खण्ड अन्तर्गत नौबिसे झ्याप्ले खोलामा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ। दुई दर्जनभन्दा बढी घाइते भएका छन्। १४ जना घटनास्थल र ३ जनाको उपचारको क्रममा ज्यान गएको हो।  पशुपति दर्शन गरेर काठमाडौंबाट गोरखपुर जाँदै गरेको भारतीय पर्यटकहरु चढेको जी जे १४ एक्स नम्बरको बस नागढुंगाबाट केही अगाडि झ्याप्लेखोलामा एक्कासी अनियन्त्रित भई सडकबाट १०० मिटर तल खसेको इलाका प्रहरी कार्यालय खानीखोला धादिङले जनाएको छ। मृतकहरूको पहिचान हुन सकेको छैन् । दुर्घटनामा परी ३६ जना यात्रु घाइते भएका छन् ।

dadhingघाइतेमध्ये ४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको र अरुको उद्धार जारी रहेको पनि प्रहरीले जनाएको छ । काठमाडौंबाट गोरखपुर जादै गरेको सो बस सडकबाट करिव तीन सय मिटर तल खोलामा खसेको थियो । पशुपतिनाथ दर्शन गरी फर्केका तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको हो । अहिले दुर्घटनाग्रस्त क्षेत्रमा उद्धार कार्य भइरहेको छ । मृत्यु हुनेहरुमा ७ महिला र १० जना पुरुष रहेपनि उनिहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। विपरित दिशावाट आईरहेको मोटरसाईकललाई साईड दिन खोज्दा बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको र बस भीरमा गएर रुखमा अडकिएको उद्धारमा संलग्न शशस्त्र प्रहरी टोलीले जनाएको छ।  दुर्घटनामा पर्ने भारतको गुजरातका सर्वसाधरण किसान छन्। वृद्धावृद्ध र केटाकेटी पनि परेका छन्।  घटनास्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयबासीले उद्धारकार्य जारी राखेका छन्। उद्धारमा २ सय जना खटिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१