अमेरिकाका कार्यबाहक राजदुत घिमिरेलाई बोस्टनमा सम्मान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ बैशाख २०७२, बुधबार ११:२६

वाशिंगटन डिसी,९ बैशाख । अमेरिकाका लागि नेपाल सरकारका कार्यबाहक राजदुत ऋषि राम घिमिरे मेसाचूसेट्स राज्यको बोस्टनमा सम्मानित भएका छन् । कार्यबाहक राजदुत घिमिरेलाई मेसाचूसेट्स राष्ट्रमण्डलका प्रतिनिधि डोनाल्ड एच वंगले बधाई दिदै सम्मान पत्र हस्तान्तरण गरेका थिए । उक्त सम्मान कार्यक्रममा प्रतिनिधि डोनाल्ड एच वंगले कार्यबाहक राजदुत घिमिरेलाई बधाईको साथ नेपाल र अमेरिका बिच निरन्तर सुमधुर सम्बन्ध कायम स्थापना गर्न अहम भूमिका खेलेको चर्चा गरेका थिए । आगामी दिनमा पनि नेपाल र अमेरिका बिच राम्रो सम्बन्ध हुने नै छ भन्दै सबै प्रतिनिधि सभाको तर्फबाट शुभकामना दिएका थिए । कार्यक्रम बोस्टनमा भएको थियो भने उक्त कार्यक्रममा कार्यबाहक राजदुत घिमिरेको साथमा नेपाली दुताबासका द्वितीय सचिब लेखनाथ गौतम , अमेरिकाका पुर्व अध्यक्ष प्रल्हाद के।सी। ,जीबिएनसीका अध्यक्ष राम थापा ,वरिस्ठ उपाधक्ष्य बिष्णु मणि आचार्य,बिरोचन नेपाल कि सल्लाहकार प्रुडेंस केसीको तथा अन्य नेपाली समुदायका सदस्यको पनि उपस्थिति रहेको जानकारी के.सी.ले दिए  । बोस्टन म्याराथुन दौड बम काण्डको बार्षिक दिवस प्याट्रीओट डे ब्रान्च रिसेप्सनको दिन सम्पन्न गरिएको थियो  । कार्यबाहक राजदुत घिमिरे तथा मेसाचूसेट्स राष्ट्रमण्डलका प्रतिनिधि डोनाल्ड एच वंगले एनआरएन अमेरिकाका पूर्व अध्यक्ष प्रल्हाद के.सी.लाई कार्यक्रमको आयोजना गरेकोमा धन्यबाद दिएका थिए  ।

sammanitउक्त कार्यक्रममा बिबिध बिषयमा छलफल हुनुको साथै दुई पक्षीय बाणिज्य प्रबर्धन ,नेपालको चिकित्सा संस्थाहरुलाई उपकरण तथा तालिम कार्यक्रम उपलब्ध गराउने बिषयमा पनि छलफल गरिएको थियो  । छलफल कै क्रममा ब्यापार प्रतिनिधि मण्डल तथा सांस्कृतिक तथा सामुदायिक केन्द्र स्थापनाको बिषयमा पनि चर्चा गरिएको बताईएको छ  ।  कार्यक्रममा मेसाचूसेट्स राष्ट्रमण्डलका प्रतिनिधि डोनाल्ड एच वंगले मेसाचूसेट्स राज्य बिल्ला (पिन) नेपाली दुताबासका द्वितीय सचिब लेखनाथ गौतम तथा एनआरएन अमेरिकाका पूर्व अध्यक्ष प्रल्हाद के।सी। लाई दिएका थिए  । कार्यक्रमको प्रबन्ध के.सी.को पहलमा गरिएको थियो भने कार्यक्रममा दिवा भोजनको व्यवस्था तथा अतिथि सत्कार गर्ने प्रुडेंस केसीलाई सबैले धन्यबाद दिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१