हवाई कारवाही अन्त्य भएको घोषणा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ बैशाख २०७२, बुधबार ११:०८

hawaiएजेन्सी । यमनको हुथी बिद्रोहीविरुद्ध साउदी अरब नेतृत्वको गठबन्धनले करिब १ महिनाअघि शुरु गरेको हवाई कारवाही अन्त्य भएको घोषणा गरेको छ । सैन्य लक्ष्य हासिल भएको भन्दै गठबन्धनले कारवाही अभियान अन्त्य गरेको हो । यमन सरकार र त्यहाँका राष्ट्रपतिको आग्रहमा अभियान अन्त्य गर्ने निर्णय गरिएको गठबन्धन सेनाका प्रबक्ताले बताए । यमनमा झण्डै एक महिना लामो हिंसामा ९ सय ४४ जनाको मृत्यु भएको छ भने ३ हजार ४ सय ८७ जना घाइते भएका छन् । गठबन्धले रिस्टोरिङ होप नाम दिई नयाँ अभियान थाल्ने भएको छ । सो अभियानमार्फत यमनमा जारी राजनीतिक संकट समाधानका लागि छलफल तथा वार्ता र प्रतिआतंकवादविरुद्ध केन्द्रित रहने गठबन्धनले जनाएको छ । हुथी सिया बिद्रोहीले गत जनवरीमा राजधानी साना नियन्त्रणमा लिई राष्ट्रपति अब्द्रब्बु मान्सौर हादीलाई घरमै नजरबन्दमा राखेपछि यमन अराजकतामा फसेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१