अपडेट : नौविसेमा भएको बस दुर्घटनाबाट मर्नेको संख्या १४ पुग्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ बैशाख २०७२, बुधबार १०:५५

धादिङ,९ बैशाख । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौविसे गाउं विकास समिति वडा नम्बर ५ झयाप्रे खोलामा जी जे १४ एक्स ९९०० नम्बरको भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुंदा १४ जनाको घटनास्थलमानै ज्यान गएको छ। दुर्घटनामा परि घाईते भएका ३५जनाको उद्धार गरिएको छ। पशुपति दर्शन गरेर काठमाडौंबाट गोरखपुर जाँदै गरेको भारतीय पर्यटकहरु चढेको जी जे १४ एक्स नम्बरको बस नागढुंगाबाट केही अगाडि झ्याप्लेखोलामा एक्कासी अनियन्त्रित भई सडकबाट १०० मिटर तल खसेको इलाका प्रहरी कार्यालय खानीखोला धादिङले जनाएको छ। मृतकहरूको पहिचान हुन सकेको छैन् ।

दुर्घटनामा परी ३६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको र अरुको उद्धार जारी रहेको पनि प्रहरीले जनाएको छ । काठमाडौंबाट गोरखपुर जादै गरेको सो बस सडकबाट करिव तीन सय मिटर तल खोलामा खसेको थियो । पशुपतिनाथ दर्शन गरी फर्केका तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको हो । अहिले दुर्घटनाग्रस्त क्षेत्रमा उद्धार कार्य भइरहेको छ । मृत्यु हुनेहरुमा ६ महिला र ६ जना पुरुष रहेपनि उनिहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। विपरित दिशावाट आईरहेको मोटरसाईकललाई साईड दिन खोज्दा बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको र बस भीरमा गएर रुखमा अडकिएको उद्धारमा संलग्न शशस्त्र प्रहरी टोलीले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१